दफा ३३
नेपाल सरकारले कोषलाई विघटन गर्न सक्ने
: देहायको अवस्थामा नेपाल सरकारले कोषलाई विघटन गर्न सक्नेछ ः-
(क) कोषले नेपाल सरकार, कुनै विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त ऋण रकम नेपाल सरकार, विदेशी सरकार वा अन्य त्यस्तो संस्थालाई तिर्न कोष असमर्थ छ भन्ने नेपाल सरकारलाई लागेमा ।
(ख) यो ऐनको उद्देश्य अनुरुप कोषले काम गर्न नसकेमा ।
(ग) दफा ३१ बमोजिम नेपाल सरकारले दिएको आदेश वा निर्देशन कोषले उल्लंघन गरेबाट कोषलाई विघटन गर्न वाञ्छनीय छ भन्ने नेपाल सरकारलाई लागेमा ।
(घ) कोष कायम राख्न आवश्यक छैन भन्ने नेपाल सरकारले ठहर्याएमा।